५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

आईतवार(भोली) काठमाडौं महानगरको विद्यालयहरु बन्द नगर्न बालेनको निर्देशन 


प्रकाशित: शनिवार, २ असार २०८०, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आईतवार (भोली) देशभरका विद्यालय बन्द गर्ने बारे आएको समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । 


प्रमुख बालेनले सो सामाचारप्रति ध्यानाकर्ष भएको बताउँदै महानगरभित्रका सामुदायिक, संस्थागत विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन । 


उनले भने भने,‘काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ ।’ 


निर्देशन विपरित विद्यालयमा सञ्चालन नगरिए वा शिक्षक, कर्मचारी उपस्थित नभए कार्वाही हुने चेतावनी समेत दिएका छन । 


शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने उनले बताएका छन ।  


२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा र्पुयाउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ ।


 ३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ ।


 ४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ । 


नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका लागि अनुरोध गरिएको उनले उल्लेख गरेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex