१३ बैशाख २०८१, बिहिबार
Header

आईतवारदेखि काठमाडौं महानगरले पीसीआर परीक्षण निःशुल्क गर्ने


प्रकाशित: शनिवार, ६ मंसिर २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका गर्ने वताएका छन । 


पिसिआर परिक्षणको लागि स्वाब संकलन कार्यलाई अघि बढाउने भएको छ । शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा शाक्यले सो कुरा वताएका हुन । 


त्यसैगरी कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए । 


प्रमुख शाक्यले कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेष्ट गर्न आग्रह गरेका छन । उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD