काठमाडौं । गत वर्षको भदौ १ गतेदेखि औपचारिक जीवन बीमा व्यावसाय शुरु गरेको आईएमई लाईफ इन्सोरेन्सले एक बर्षको अवधिमा ४६ हजार ९२९ बिमा लेख बिक्री गरी कुल ५३ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले सो बिमा लेख विक्री गर ि९ करोड ८६ लाख रुपियाँ खुद नाफा समेत गरेको छ ।
त्यसैगरी कम्पनीले बैंक तथा बित्तीय संस्थाको उच्च व्याजदरको फाइदा उठाउदै १४ करोड ४१ लाख रुपैयाँ व्याज समेत आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ९८ करोड ४५ लाख रुपैया जम्मा गरेको छ । प्रति शेयर आम्दानी ७ रुपैयाँ छ ।
यसै अवधिमा कम्पनीले एक अर्ब ३२ करोड रुपैयाँ दीर्घकालिन लगानी गरेको छ भने ४१ करोड ४१ लाख रुपैयाँ अल्पकालिन लगानी गरेको छ ।
Categorized in बजार