१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आईएमई को–अपरेटिभ सर्भिस लि.को एघारौ साधारण सभा जारी


प्रकाशित: सोमवार, २८ भाद्र २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडको एघारौं साधारणसभा आईतवारदेखि सुरु भएको छ । 


संस्थाको संचालक समितिको निर्णय अनुसार कोभिडलाई मध्यनजर गरी सभा ५ दिनसम्म जारी रहने संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेलले जानकारी दिए । 


सभा भाद्र २७ देखि ३१ गते विहिवारसम्म संस्थाको मुख्य कार्यलयमा जारी रहने बताएका छन । सभामा संस्थाका बार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०७८/०७९ को अनुमानित बार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, लेखापरिक्षणको प्रतिवेदनसहितको आ.व. २०७७/०७८को वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका विवरणहरु पारित गरिने । 


त्यसैगरी आर्थिक बर्ष २०७८/०७९ का लागि लेखा परीक्षकको नियुक्त तथा पारिश्रमिक निर्धारण गरिने, लेखा समितिको रिक्त पदमा निर्वाचन, शेयर सदस्यलाई १८ प्रतिशत लाभांश पारित गर्ने, प्रमुख कार्यकारी अधिकृतको तलव भत्ता स्वीकृत सम्बन्धमा, साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नका लागि शेयर सदस्यहरु मध्येबाट आवश्यक प्रतिनिधि चयन गर्ने लगायतका प्रस्तावहरु परित गरिने भएको छ । 


संस्थाको वासलात


यस बर्ष संस्थाको शेयर पूँजी ३३ करोड २६ लाख १९ हजार एकसय रहेको तथा जगेडा कोष ४२ करोड ३० लाख४४ हजार ३ सय २४ रुपियाँ ८२ पैसा रहेको छ । 


त्यसैगरी संस्थाको निक्षेप ८ अर्ब ५६ करोड ४९ लाख ७४ हजार ८ सय ३७ पैसा रहेको छ । अन्य दायित्वमा ८ करोड ७७ लाख ७७ हजार २ सय ९२ रुपियाँ २२ पैसा छ । 


लगानी जोखिम व्यवस्था १९ लाख ९ हजार १२६ रुपियाँ ५८ पैसा तथा कजो जोखिम व्यवस्था १५ करोड ५६ लाख ९१ हजार ७२ रुपियाँ ७८ पैसा रहेको छ ।

 
संस्थाले ९ अर्ब ५६ करोड ६० लाख १५ हजार ७ सय १६ रुपियाँ ७७ पैसाको वासलात विवरण पेश गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex