८ भाद्र २०८३, सोमबार
Header

आइसिसी विश्वकप लिग– २ का बिजेताहरुलाई प्रतिव्यक्ति २/२ लाख दिने सरकारको घोषणा


प्रकाशित: विहिवार, ११ फागुन २०७९, १६ः०० बजे 
- महानगरखवर

काठमाडौं । आईसिसि विश्वकप लिग २ का बिजेता क्रिकेटहरुलाई प्रतिव्यक्ति २ लाख रुपियाँ पुरस्कार दिने सरकारले घोषणा गरेका छन ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिवार बालुटारमा आयोजित बधाई कार्यक्रममा सो घोषणा गरेका हुन । 


प्रम दाहालले भने,‘ सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्विप गर्नुभएको छ। यो देशकै गौरव हो ।’


‘तपाईहरूलाई प्रेरणा मिलोस भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु ।’ प्रम दाहाले भने । 


उनले खेल अब राष्ट्रिय प्रतिष्ठाको विषय, अर्थतन्त्र उत्थानको लागि भएकोले अब खेल जगतलाई सामन्य आँखाले हेर्नु गल्ती हुने भनाई राखे । 


कीर्तिपुर खेलमा मैदानमा भएाको लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजमा चारै खेल जित्नेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex