२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

आइतवार २१ औं ज्यापू दिवस मनाईदै


प्रकाशित: शुक्रवार, २८ मंसिर २०८१, १०ः२५ बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौंमा आइतवार विभिन्न कार्यक्रमका साथ २१ औं ज्यापू दिवस मनाइने भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बसन्तपुरस्थित औपचारिक कार्यक्रम गरी दिवस मनाउन लागिएको ज्यापु संस्कृति विकास कोषले जनाएको छ । 


सो अवसरमा त्यस दिन वतु नाटेश्वर छूट गुथि परम्परागत वटु टोलमा भेला भई १०ः०० बजे  र्‍याली सुरु भई विभिन्न स्थान परिक्रमा गरी १२ः३० बजे बसन्तपुरमा सभामा परिणत हुनेछ । 


मंसिर ३० गते आइतवारका दिन ज्यापु दिवससँगै यःमरी पुन्ही मनाईन्छ । यस दिन काठमाडौंका विभिन्न स्थानमा यःमरी बनाउने गरिन्छ ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex