२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आइतवार पक्राउ परेका व्यक्ति तीनकुने सामुहिक हत्या प्रकरणमा संलग्न


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा आईतवार सिसिटीभि फुजेजको आधारमा आईतवार पक्राउ परेका व्यक्ति संलग्न रहेको अनुसन्धानमा खुलेको छ । 


प्रहरीका अनुसार नवीन राईको हत्या गर्न पुगेको सो व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन । 


शुक्रबार राति काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित भएको सो घट्नामा मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका नवीन राई, दोलखा घर भई सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल र कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या भएको हो । 


पक्राउ परेका ती व्यक्ति मृतक नवीन राईको मात्रै हत्या गर्न मिलमा पुगेका उनले मिलमा रहेका सुरक्षा गार्डसहित भुजेल परिवारको पनि हत्या गरेको हो । 


आइतबार प्रहरीले सिसिटिभी फुटेज नियाल्दा ती व्यक्ति राति साढे ११ बजे उक्त मिलबाट निस्किएका थिए ।


प्रहरीले टयाक्सी चढेर राती ११ः५५ बजे प्रहरी वृत्त बानेश्वर  पुुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । 


सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा सःमिलमा प्रवेश गरेर ११ः३३ मा निस्किएको पाइएको छ । उनी प्रहरी कहाँ पुग्दा ११ः५५ बजेको थियो ।


अनुसन्धानको क्रममा उनको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex