काठमाडौं । मंसिर ९ गतेदेखि धरहरा पुनः सञ्चालनमा आउने भएको छ ।
धरहरा चढ्ने लिप्ट विग्रेर बन्द रहेको धरहरा पुनः सञ्चालनमा आउने भएको हो ।
मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चलान गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार अब धरहरा चढ्न प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तोकिएको छ ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।
धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ । त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई ९ मंसिर, २०८१ देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिंदै शुल्क पनि स्वीकृत गरेको हो । सरकारको १ सय दिनको अवसरमा धरहरा सञ्चालनमा ल्याएको थियो भने धरहरा चढ्न निःशुल्क गरिएको थियो ।
हेरौं धरहरा अवलोकनमा लाग्ने शुल्कः


Categorized in स्थानिय