११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आइतबार घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस


प्रकाशित: शुक्रवार, १ फागुन २०८२, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेस ले आगामी आइतबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।


कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए । पार्टीले यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको छ ।


प्रवक्ता चालिसेका अनुसार प्रतिज्ञा पत्र सार्वजनिक गर्न आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिनेछ ।


निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले आफ्नो नीति, कार्यक्रम र प्राथमिकता सार्वजनिक गर्न लागेको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex