१२ बैशाख २०८१, बुधबार
Header

आइएमई जनरलले ल्यायो ‘आईजीआई हेल्थप्लस’ र ‘आईजीआई इजी क्लेम सेटलमेन्ट’ बीमालेख 


प्रकाशित: सोमवार, २३ फागुन २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आईजीआई हेल्थप्लसु र ुआईजीआई इजी क्लेम सेटलमेन्टु गरी दुई बीमालेख सार्वजनिक गरेको छ । 


सोमबार पत्रकार सम्मेलन गरेर यी दुईवटा विमालेख सार्वजनिक गरेको हो । आईजीआई हेल्थप्लसले दुर्घटना, ‌औषधिउपचार र घातक रोगको जोखिम एउटै बीमालेखले समेट्ने कम्पनीले जनाएको छ ।


कम्पनीका अनुसार बीमा अवधिभर कुनै पनि बेला बीमितको दुर्घटनाका कारणबाट मुत्यु वा कुनै शारिरिक अंगभंग भएमा पाँच लाखदेखि १५ लाख रुपैयाँ सम्मको जोखिम बहन सुविधा पाउने छ ।

 
औषधिउपचार अन्तर्गत बीमा अवधिभर बिमितलाई कुनै रोग लागेमा वा दुर्घटना भइ चोटपटक लागेमा त्यसको उपचारका लागि अस्पताल भर्ना भएर गरिने उपचार खर्चमा एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सोधभर्नामार्फत दाबी भुक्तानी गर्ने कम्पनीले जनाएको छ । 


त्यसैगरी यस विमालेख अन्गर्तगत बीमितलाई कुनै घातक रोग लागेको चिकित्सकबाट प्रमाणित भएमा पाँच लाख रुपैयाँ कम्पनीले तुरुन्तै भुक्तानी गर्ने छ । 


आईजीआई इजी क्लेम सेटलमेन्टु बीमालेख काठमाडौं उपत्यकामा मात्र लागु हुने कम्पनीले बताएको छ । 


यसअन्तर्गत कम्पनीमा निजी सवारी साधनको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा उक्त सवारीसाधनको मर्मतसम्भार गरिदिने बताएको छ । 


मर्मत सम्माहकारको लागि कम्पनीले गुहेश्वरीस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडसँग सहकार्यमा गरेको कम्पनीले जनाएको छ । 


यस विमालेख अन्तर्गत चार पाङ्ग्रे निजी सवारी वा तेस्रो पक्षको सवारी साधनको मर्मत सम्भारका लागि लाग्ने बीमा खर्च कम्पनीले सोझै स्पार्क अटोकेयरलाई भुक्तानी गर्नेछ ।


यो योजनामा आइएमई जनरल इन्स्योरेन्स कम्पनीले उपलब्ध गराएको मोबाइल नम्बरमा भाइबर तथा ह्वाट्सएपमार्फत फोन वा म्यासेज गरेर दुर्घटनाको जानकारी गराउन सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD