काठमाडौं । आँप बोकेर आएको भारतीय नम्बर प्लेटको ट्रक चितवनमा तोडफोड भएको छ ।
नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ट्रक विहान ३ बजेतिर स्कुटर आएका ३ जना युवाले तोडफोड गरेको हो ।
यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकको तोफोडबाट सिसाहरु तोडफोड भएको व्यवसायीहरुले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
व्यवसायीहरुका अनुसार युवाहरुले तोडफोडपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेपनि सफल भएन । सो ट्रकमा पाँच टन आँप थियो ।
प्रहरीले तोडफोडमा संग्लनहरुको खोजी कार्य तिव्र बनाएको बताएको छ ।
Categorized in समाज