४ जेठ २०८२, शनिबार
Header

आँखा स्वास्थ्यलाई बीमा कार्यक्रममा समायोजन गरिने


प्रकाशित: बुधवार, १७ बैशाख २०८२, १३ः१६ बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् ।


बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ २०३० अन्तर्राष्ट्रिय ’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सो बताएका हुन । 


विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताए ।


आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्साको रूपमा लिइएको बताउँदै उनले विद्यालय तहबाट दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको पनि बताए ।


यसैविच, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको उल्लेख गरे ।

 
२०२२ को सर्वेक्षणअनुसार अन्धोपन ०.८४% बाट घटेर आज ०.२८% भएको छ ।  मोतियाबिन्दु शल्यक्रियाको कभरेजमा पनि ठूलो सुधार भएको स्वास्थ्यमन्त्रीको दाबी छ । नेपालको लक्ष्य २०३० सम्ममा ६५.४% पुग्ने रहेको बताए ।


नेपालले २०२६ मा आँखा स्वास्थ्यमा विश्वव्यापी शिखर सम्मेलनको आवाजलाई पनि दृढतापूर्वक समर्थन गर्ने प्रतिवद्धता जनाए ।

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex