काठमाडौं । आज (बुधवार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेर उच्च मूल्यमा कारोवार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको तुलनामा भन्दा प्रतितोला २ हजार रूपैयाँ बढी हो । मंगलवार सुन प्रतितोला एक लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।
Categorized in बजार