२ जेठ २०८१, बुधबार
Header

अस्पताल भर्ना भएका काठमाडौं महानगरका पूर्व प्रमुख पिएल सिंहको पेटको शल्यक्रिया


प्रकाशित: सोमवार, १५ साउन २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । आइतवार अस्पताल भर्ना भएका काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको पेटको शल्यक्रिया गरिएको छ । 


ललितपुरस्थित मेडिसिटी अस्पतालमा सिंहको पेटको शल्यक्रिया गरिएको सिंहका भाई इन्द्रलाल सिंहले बताएका छन । सिंह केही समयदेखि अल्सरको समस्याबाट पीडित थिए ।


उनले भने,‘ थप अनुसन्धानको लागि बायोप्सी गरिएको छ । पहिलो चरणको उपचार प्रक्रिया सफल भई दाईको अवस्था स्थिर छ र हाल आईसीयूमा हुनुुहुन्छ ।’


शल्यक्रिया पछि सिंहको रक्तश्राव रोकिएको उनले बताए । 

 

 


सिंह २०४९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई प्रमुखमा चुनिएका थिए । हाल उनी ८४ बर्षका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD