७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

अस्पताल ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले बनायो बार्ता समिति


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, ११ः३२ बजे 
- महानगरखबर

काठमाडौं । चिकित्सक कुुटपिटको घट्नाको विरोधमा आज देशभरका चिकित्सकहरुले आकस्मिक सेवा बाहेक ओपिडी लगायतको सेवा बन्द गरेको छ । 


काठमाडौंको वीर अस्पतालमा चिकित्सकहरु सेवा बन्द गरेको सुचना टाँस गरेर विभन्न नारा लेखिएको प्लेकार्ड बोकी प्रदर्शनमा उत्रेका छन ।


‘विदेश पलायन गर्न बाध्य नगर, हिंसा समस्या हो, समाधान होइन, सेतो कोट रातोमा परिवर्तन हुँदै’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।


यता स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता समिति गठन गरेको छ ।


अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 


समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका थिए ।


भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएपछि चिकिस्तकहरु आन्दोलनमा उत्रेका हुन । 


हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika