७ जेठ २०८१, सोमबार
Header

अस्पतालमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, चिकित्सकसहित ४ जनाको ज्यान गयो


प्रकाशित: मंगलवार, ४ मंसिर २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाको सिकागो शहरस्थित मर्सी अस्पतालमा एक अज्ञात बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली चलाउँदा एक चिकित्सकसहित ४ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 


स्थानीय समयअनुसार ३ बजे गोली चल्दा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र गनम्यान आफैं रहेका छन् । 


गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको सिकागोका मेयर रहम इमानुयलले पुष्टि गरेका छन ।


मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । 


प्रहरीले घट्नाबारे थप  अनुसन्धान भइरहेको जनाएको छ ।


अमेरिकाकामा यस किसिमको घट्नाहरु भईरहेकोले व्यक्तिगत हतियार राख्न पाउने ÷नपाउने विषयमा बहस चलिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD