१४ बैशाख २०८१, शुक्रबार
Header

अस्पतालजन्य फोहर व्यवस्थापनको तयारीमा महानगर


प्रकाशित: विहिवार, १३ फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले अस्प्तालजन्य फोहर व्यवस्थापनको तयारीमा महानगर लागेको बताएको छ । 


हानीकारक फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट राख्ने विषयमा बुधवार भएको छलफलमा धेरै प्रकारका वातावरणीय समस्याको समाधान गर्नुपर्ने दायित्व भएपनि यीमध्ये अस्पतालजन्य फोहोर व्यवस्थापन महानगरको प्राथमिकतामा रहेको उनले भनाई राखे ।


बैठकमा महानगरका प्रमुख प्रशाकीय अधिकृत राजेश्वर ज्ञवालीले कानुनको नियमको पालना गर्दै प्रणाली जडान गर्ने छिटो बाटो आवश्यक रहेको धारणा राखेका छन । 


महानगरपालिका क्षेत्रभित्रका अस्पतालबाट उत्पादन हुने हानीकारक फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट राख्ने तयारीमा महानगर लागेकोले छिटो भन्दा छिटो यस विषयलाई व्यवाहारिक रुपमा अघि बढाउनु पर्नेमा ज्ञवालीले जोड दिएका थिए । 
काठमाडौं फोहोरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्थाअनुसार हानीकारक फोहोर उत्पादक आफैंले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।


प्रशोधन केन्द्र कहाँ राख्ने भने विषयमा भएको छलफलमा वडा ३ का अध्यक्ष दीपक के. सी.ले आफ्नो वडामा धेरै अस्पतालहरु भएकोले यसै क्षेत्रमा राख्नु पर्ने प्रस्ताव गरेका छन ।


वडा १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक विकास डंगोलले महानगरको वातावरणीय सुधारका लागि आफ्नो अर्जुन दृष्टि रहेको र यसलाई पूरा गराउन प्रतिवद्ध रहेको बताए ।


वडा ४ का अध्यक्ष मोहन विष्टले काठमाडौंभरिको समस्या एकैपटक समाधान गर्ने गरी काम गरेर परिणाम ल्याउनु पर्नेमा जोड दिए । बैठकमा विश्व स्वास्थ्य संगठनका हेल्थ एण्ड वेस्ट म्यानेजमेन्ट अफिसर निमेष ढकालले् प्रस्तुति गर्दै नेपालका कानुन र अन्तरराष्ट्रिय सन्धि तथा सम्झौताले तोकेको मापदण्ड भएका प्रविधि उपयुक्त भएको उल्लेख गरेका थिए ।


‘लो हिट वेस्ड र केमिकल बेस्ड प्रोसेस’ र ‘ड््युअल चेम्बर इन्सिनेरेसन विथ फ्युल ग्याँस ट्रिटमेन्ट’ प्रणालीले राष्ट्रिय अन्तरराष्ट्रिय दुवै कानुनले तोकेको मापदण्ड पूरा गर्ने खालको प्लान्ट राख्नु पर्नेमा जोड दिए । 


छलफलमा ‘फिक्सनल हिट टेक्नोलोजी’ का विषयमा वेभ टे«डिङ् कन्सर्नले प्रस्तुतिकरण गरेको थियो । प्रविधिको नेपालका आधिकारिक विक्रेता रामईन्द्र न्यापानेका अनुसार यो इटालीबाट प्रवर्धित प्रविधि हो । विश्वका ५० वटा देशमा जडान गरिएको यो नेपालका लागि उपयुक्त छ ।


वातावरण निरीक्षक केशवराज जोशी, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. सुमनमान श्रेष्ठ, सिप्रेडका वातावरण वैज्ञानिक रामचरित्र शाहलगात अधिकारीहरुले जोखिमपूर्ण फोेहोर व्यवस्थापन नगरेका कारण सामान्य फोहोर पनि हानीकारक बनेको प्रति चिन्ता रहेको व्यक्त गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD