काठमाडौं । शिक्षण अस्पतालमा उपचारार्थ डा. गोबिन्द के.सीले मंगलवार सांसदहरुलाई अस्पतालकै शैयाबाट एक अपिल गरेका छन् ।
डा. केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरुलाई अपील गरेको हो ।
उनले विगतमा आफुसँग भएको सहमति अनुसार जनमुखि विधेयक सदनबाट पारित गर्न आग्रह गरेको हो । डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन माग गरेको छ ।
मंगलवार दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा शिक्षा तथा स्वास्थय समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यक्रम रहेको छ ।
संसदको बैठक मंगलबार ३ बजे बस्दैछ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम छ ।
Categorized in स्वास्थ्य