२२ बैशाख २०८१, शनिबार
Header

अस्ताउँदो सूूर्य लाई अर्घ्य दिएर छठ पर्व मनाईदै


प्रकाशित: आइतवार, ३ मंसिर २०८०, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । सूूर्यको पुजा आरधाना गरेर आज देशभर छठ पर्व मनाइँदै छ । 


आईतवार (आज) साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । काठमाडौंको कमलपोखरी, गौरीघाट, सानोपा लगायतका क्षेत्रमा छठका घाटहरु पुुजाको लागि सजाईएको छ ।

 
आज साँझ अघ्र्य दिएपछि भोली सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।


बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । 


छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

 

यस अवसरमा प्रधानमन्त्री पुुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका नेताहरुले छठपर्वको उपलक्ष्यमा शुुभकामना व्यक्त समेत गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD