२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

अस्ट्रेलियामा यी १० समाजिक सञ्जालका प्लेटफर्मबाट बालवालिकाको खाता हटाइदै


प्रकाशित: बुधवार, २४ मंसिर २०८२, १४ः४० बजे
- महानगरखबर

काठमाडौँ । अस्ट्रेलियामा सामाजिक सञ्जालका ठूला प्रविधि प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकाको खाता हटाउन थालेपछि व्यापक चर्चा सुरु भएको छ । 


मंगलबार बेलुका सरकारद्वारा पारित नयाँ कानुनअनुसार अब १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण रूपमा रोक लगाउने व्यवस्था लागू भएको हो ।

 
नयाँ कानुनले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (पहिले ट्विटर), थ्रेड्स, स्न्यापच्याट, रेडिट, ट्वीच र किकलगायत १० प्रमुख प्लेटफर्मलाई १६ वर्षमुनिका प्रयोगकर्ता पहिचान गरी खाता तुरुन्त निष्क्रिय पार्न आदेश दिएको थियो ।


सोही अनुसार बुधबार बिहानदेखि अस्ट्रेलियाभरका हजारौँ बालबालिकाले आफ्नो खाता बन्द भएको सूचना प्राप्त गरेका छन । 


प्रधानमन्त्री एनथोनी अल्बानेजले यस कदमलाई ‘अस्ट्रेलियाका अभिभावकले गर्व गर्ने दिन’ को रूपमा वर्णन गरेका छन्। “अस्ट्रेलियाली परिवारहरूले यी ठूलो प्रविधि कम्पनीहरूबाट शक्ति फिर्ता लिँदैछन । 


बालबालिकाले बालबालिकै रूपमा बस्न पाउने अधिकार, अभिभावकले मानसिक शान्ति पाउने अधिकार हामीले सुरक्षित गरेका छौं,” उनले भने । 


नयाँ कानुनअनुसार १६ वर्षमुनिका प्रयोगकर्तालाई रोकिएको सुनिश्चित गर्न प्लेटफर्महरूले स्पष्ट प्रमाण प्रस्तुत गर्नुपर्नेछ। नियम उल्लङ्घन गर्ने कम्पनीले झन्डै ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नु पर्नेछ ।


कानुन लागू भएको केही घण्टामै स्न्यापच्याट, टिकटक, युट्युब र मेटा (फेसबुक, इन्स्टाग्राम, थ्रेड्स) ले १६ वर्षमुनिका प्रयोगकर्ताको खाता हटाउन वा डिसेबल गर्न सुरु गरिसकेको बताएका छन । 


रेडिट र एक्सले पनि सहमति जनाए पनि एक्सले भने अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै आपत्ति जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex