२४ आश्विन २०८३, शनिबार
Header

अस्कलमा अखिलको प्यानल बिजयी


प्रकाशित: आइतवार, १० चैत्र २०८१, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै बिजय भएको छ । 


आइतबार विद्युतीय उपकरणमार्फत् भएको मतदानमा अनेरास्ववियुका रुद्रहरि पोखरेलको प्यानल निर्वाचित भएको हो । 


माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पोखरेलले पराजित गरेका हुन । पोख्रेलले ६८९ मत पाएका छन ।


स्ववियु अध्यक्षमा पोखरेल, सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भएका छन ।


त्यस्तै सदस्यहरूमा गोकर्ण साउद, गणेश शाही, विनय ढकाल, सिजन पन्त, साधना सिग्देल, प्रसन्न चिलवाल र गृश्मा पन्त विजयी भए । 


कूल १९४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२९१ मत खसेको थियो ।

 

23  March 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


maharjan complex