२० बैशाख २०८१, बिहिबार
Header

असोज २९ गतेबाट नयाँ नोट क्युआर कोडबाट पनि साट्न पाईने


प्रकाशित: आइतवार, २१ असोज २०८०, १८ः३० बजे 
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार तथा चाँडपर्व लक्षित गरेर नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने भएको छ । 


असोज २९ शुक्रवारबाट काठमाडौंको हकमा बाणिज्य बैंकको शाखा र मुद्रा व्यवस्थापन विभागबाट नयाँ नोट सटही गर्न सकिने बताएको छ । 


आइतवार बैंकले एक सुचना जारी गरी नोट सटही सुविधा दिन लागेको हो । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने साट्न पाउने भएका छन ।


मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार यसपटक क्युआर कोडमार्फत रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने सुविधा रहेको छ । 


दसैं लगायतका चाडपर्वमा लगभग ६ खर्बभन्दा बढी रकम चलनचल्तीमा रहने गरेको छ । सर्वसाधारणको हातहातमा पुग्ने यस्तो रकम लगभग १५/२० दिनमा बैंकिङ प्रणालीमा फर्कन्छ भने ५ खर्ब बराबरको रकम चलनचल्तीमै रहिरहन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD