काठमाडौं । दशैका लागि नयाँ नोट सार्वसाधरणले यही असोज २१ गतेबाट पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत निजी क्षेत्रका बैंक तथा वित्तिय संस्थाबाट नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति ब्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ ।
सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने ब्यवस्था मिलाएको छ ।
नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ भने राष्ट्र बाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ ।
त्यसैगरी कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था गरेको छ ।
राष्ट्र बैंकमै गएर साट्नेहरुले भने प्रति ब्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन ।
Categorized in बैंक