काठमाडौं । यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि देशभर सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने भएको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै सो मितिदेखि सवारीसाधनको दर्ता, नामसारी र नवीकरण कार्य गर्न इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने स्पष्ट पारेको छ ।
सवारीधनीहरूले सम्बन्धित यातायात कार्यालयमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले जनाएको छ ।
यसअघि गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि यो व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।
विभागका अनुसार इम्बोस्ड नम्बर प्लेटले सवारीसाधनको पहिचान सजिलो हुने, सुरक्षा प्रणाली मजबुत बन्ने र नियमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सुचनाः

Categorized in प्रबिधि