काठमाडौं । अमेरिकी उडानको सपना बोकेकाहरुलाई अमेरिकाले यही असोज १७ गतेबाट डिभी लटरी खुला गरिदिने भएको छ ।
अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि सो आवेदन खुल्ने भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
डिभी आवेदन दर्ताको लागि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे सम्मको सयम दिएको छ ।
दुतावासले बुधवार जारी गरेको प्रेस रिलिज अनुसार डीभी चिट्ठामा सहभागी हन कुनै शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको मद्दत नलिन सुझाव समेत दिएको छ ।
डिभी भर्दा श्रीमान श्रीमति र यस समयमा अविवाहित सबै २१ बर्ष नपुगेका सन्तानलाई सुचिकृत गर्न अनिवार्य गरिएको छ ।
सन २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा भने नयाँ नीतिगत परिवर्तन गरेको छ, मुख्य आवेदकले अयोग्य श्रीमान र श्रीमित वा सन्तानको विवरण समावेश गरेको विवरण पेश गरेको आवेदन अयोग्य ठहरिने जनाएको छ ।
आवेदनले डीभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ किनकी यसै नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
डिभी चिठ्ठा लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
Categorized in अन्तर्राष्ट्रिय