१३ बैशाख २०८१, बिहिबार
Header

असोजमा चौथो ताम्रकार फुटसल हुने


प्रकाशित: मंगलवार, १७ भाद्र २०७६, १०ः०५ बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाजको आयोजनमा असोज ४ गतेबाट चौथो ताम्रकार फुटसल प्रतियोगिता हुने भएको छ । 


असोज ४ र ११ गते हुने सो प्रतियोगितामा शनिबार ललितपुरको सानेपा स्थित फिल्ड फुटसल ग्राउण्डमा विभिन्न आठवटा कम्पनीहरुले टिमको प्रायोजन गरी आ–आफनो टिम मैदानमा उतार्ने भएका छन् । 


साठ्ठी भन्दा बदी खेलाडीहरुले सहभागीता जनाउने उक्त प्रतियोगिताका बिजेता तथा उप विजेता टोलीले आकर्षक ट्रफीका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतियोगिताका लागी विभिन्न आठवटा उद्योग, कम्पनीहरुले टिमको प्रायोजन गरेका छन् । प्रायोजकहरुकै नामबाट टिमको नामसमेत कायम गरीएका छन् । 


हालै एक कार्यक्रम गरी सहभागी खेलाडीहरुलाई गोलाप्रथाद्वारा टिम छनौट गरीएका छन् । प्रतियोगिताका लागी करीब साढे चारलाख खर्च लाग्ने बताइएको छ । 


चौथो ताम्रकार फुटसल प्रतियोगीता २०७६ मा प्रायोजन गरेका कम्पनीहरु बि.के. सुनचाँदी पसल, करुणामय मेटल क्राफ्ट, भैरवनाथ आइरण इण्डष्ट्रि, टेकम्याक्स टाइगर, दिल ह्याण्डीक्राफ्ट, गाइन्ज ग्यारेज, ताम्र मेटल वर्क तथा ओरियन इलेक्ट्रिकल रहेका छन् । करुणामय मेटल क्राफ्ट तेस्रो संस्करणका बिजेता हुन ।


समाजमा भाइचार अभिवृद्धि गर्न खेलकुद क्षेत्र एक उत्कृष्ट माध्यम भएको ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले बताउनु भयो । उहांले यस प्रतियोगीतामा विभिन्न समाजका सदस्यहरुले समेत सहभागीता जनाउनुले प्रतियोगिताको महत्व अझ बढेको बताउनु भयो ।


उहांले समाजबाट युवाहरुको लागी खेलकुद क्षेत्रलाई सदैव प्राथमिकतामा राखेको बताउंदै समय समयमा फुटबल, ब्याडमिन्टन, चेस, सडक दौड जस्ता प्रतियोगिताहरु नियमित रुपमा गर्दै आइरहेको बताउनु भयो ।


समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा हुन गइरहेको उक्त प्रतियोगितामा महिला खुल्ला, भेट्रान तथा अण्डर १४को खेलहरु पनि खेलाउन गइरहेको उपसमितिका संयोजक सजेश ताम्रकारले बताउनु भयो । 


उहांले विगतको संस्करणहरुको सफलताले थप हौसला प्रदान गरेको बताउनु भयो । प्रतियोगिताका संयोजक अनिश ताम्रकारले विगतका संस्करणहरु भन्दा यस पटक अझ उत्कृष्ट हुने बताउनु भयो ।


यस अघि पहिलो ताम्रकार फुटसल प्रतियोगिता २०७३, दोस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७४ र तेस्रो फुटसल प्रतियोगिता २०७५ को सफल आयोजना भईसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD