७ बैशाख २०८१, शुक्रबार
Header

असोजभित्र शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने सरकारको तयारी 


प्रकाशित: शुक्रबार, ४ साउन २०७५, ११ः५९ बजे
- महानगरखबर

काठमाडौं । चालु आर्थिक बर्षमा सरकारले प्रस्तुत गरेको बजेट व्यक्तव्यमा लोकप्रिय कार्यक्रम शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने  तयारी सरकारले गरिरहेको छ । 


यही असोजभित्र ऋण दिने तयारी गरिरहेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि निर्माण भईरहेको बताएको छ । 


असोज महिनाबाट यस कार्यक्रम लागु हुने अर्थमन्त्रालयको अधिकारीहरुले जनाएको छ । कार्यविधि तयार भएपछि बैंकहरुले ऋण दिने प्रक्रिया सुरु गर्ने मन्त्रालयको भनाई छ ।

 
चालु आर्थिक वर्षको बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म  ऋण दिने उल्लेख छ ।


मन्त्रालयले मंगलबार कार्ययोजना सार्वजनिक गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD