४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

असोजको बाढी पहिरोको क्षतिमा १० अर्ब बढिको बीमा रकम दावी


प्रकाशित: सोमवार, २६ कात्तिक २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । गत असोजमा आएको अविरल बर्षापछि बाढी पहिरोबाट भएको क्षतिमा १० अर्ब रुपैयाँभन्दा बढीको बीमा मागदाबी गरिएको छ ।


नेपाल बीमा प्राधिकरणले २१ कात्तिकसम्म ३ हजार ४ सय ६० वटा दाबी संख्याबाट कुल १० अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबर मागदाबी भएको जनाएको छ । 

 

 


गत असोजको दोस्रो सता १० देखि १२ असोजसम्मको भारी वर्षापछिको बाढी–पहिरोका कारण बागमती प्रदेशका जिल्लामा बढी क्षति पुगेको बीमा मागदावीबाट स्पष्ट देखाएको छ । 


काठमाडौं उपत्यकाको दक्षिणी ललितपुर र नख्खु खोलाले ललितपुरमा ठूलो क्षति पुराएको थियो । 


प्राधिकरणले सार्वजनिक गरेको बीमा माग दाबीको तथ्यांक अनुसार सबैभन्दा धेरै क्षति काठमाडौंमा भएको छ । काठमाडौमा मात्रै ४ अर्ब ४८ करोड ५६ लाख ७६ हजार रुपैयाँको मागदाबी परेको बीमा प्राधिकरणको तथ्यांक छ । 

 


त्यसपछि ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक र भक्तपुरमा क्षति पुगेको छ । ललितपुरमा ६ सय ७७ दाबी मार्फत २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँको मागदाबी परेको छ । 


मकवानपुरमा ३२ दाबी मार्फत १ अर्ब ९ करोड २३ लाख, चितवन ४६ दाबी मार्फत ६४ करोड ४६ लाख, भक्तपुर १ सय ३८ दाबी मार्फत ४७ करोड ७१ लाख र काभ्रेपलाञ्चोकमा १ सय ८७ दाबी मार्फत ३० करोड ९२ लाख रुपैयाँको मागदाबी परेको छ ।


बीमा दावी रकम हेर्न यहाँ क्लिक गरौ


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex