१४ बैशाख २०८१, शुक्रबार
Header

असार २५ गते सम्म कर तिर्न सरकारले तोक्यो समय 


प्रकाशित: बुधवार, २ असार २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । असार २५ गत सम्म कर तिर्न सरकारले बुधवार एक सुचना जारी गरेको छ । 


आन्तरिक राजस्व विभागले जारी गरेको सुचनामा कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको छ । 


जारी सुचना अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नु उल्लेख छ । 


त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ ।


२०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ ।


२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ ।


मंगलबार सर्वोच्च अदालतले सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD