काठमाडौं । सरकारले सार्वजनिक यातायातको साधनमा १२ प्रतिशत भाडा बृद्धि गरेको छ ।
असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए ।
यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको उनले बताए ।
विभागको प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको हो ।
Categorized in राष्ट्रिय