७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

असारको लागि हिमालय र नविल बैंकले बढाए ब्याजदर, ११ बैंकहरुले घटाए 


प्रकाशित: शुक्रवार, ३२ जेठ २०८१, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । असार महिनाको लागि सञ्चालनमा रहेका २० बाणिज्य बैंकहरु मध्ये ११ वटा बैंकहरुले ब्याजदर घटाएको छ । 


हिमालयन बैंकले जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुराएको छ । पाँचदेखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले उक्त ब्याजदर दिने भएको हो ।


नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत, माछापुच्छे« बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ । 


राष्ट्रिय वाणिज्य बैंकले ६.४ बाट घटाएर ६.२२ प्रतिशत, नेपाल एसबीआई ६.३९ बाट ६.३० प्रतिशत, लक्ष्मी सनराइज ७ बाट ६.५ प्रतिशत, ग्लोबल आईएमई ७.६ बाट ६.५, कुमारी (७.२६ बाट ६.५६), प्राइम (७ बाट घटेर ६.७५), सानिमा ( ६.९ बाट ६.८), सिटिजन्स (७ बाट ६.९), एनएमबी (७.८ बाट ७.६९) र एनआईसी एसिया (७.८ बाट ७.६९) बैंकको ब्यादर घटेको हो । 


असारमा कृषि विकास ५.६६६१, नेपाल बैंक ६.७५, नेपाल इन्भेस्टमेन्ट मेगा ७, स्ट्यान्डर्ड चार्टड ७ सिद्धार्थ, ७ र प्रभु बैंक ७.५ जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन ।


बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन ।


राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।


यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ ।


बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन ।


‘बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसत बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको ब्याजदर सम्बन्धी व्यवस्थामा छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex