१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

असहाय, विपन्न, बेवारिसे विरामीलाई निःशुल्क सेवा दिनुः महानगर


प्रकाशित: विहिवार, ४ जेठ २०८०, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरक्षेत्र भित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले विपन्न, असायह, वेवारिसे विरामीले पाउने  सुविधा प्रभावकारी लागु गर्न आग्रह गरेको छ । 


महानगरले एक सुचना जारी गरी महानगरका अस्पतालहरुले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउने, सेवाग्रही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्यकर्मीहरुलाई प्रचलित कानुन बमोजिम पारिश्रमिक तथा सेवा उपलव्ध गराउन आग्रह गरेको छ । 


त्यसैगरी, स्वास्थ्य जन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेको क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने र अनावश्यक प्रयोगशाला प्ररिक्षणको लागि सिफारिस नगर्ने अनुरोध समेत गरेको छ ।


महानरले लक्षित वर्गले पाएको निःशुल्क सुविधा पाएका व्यक्तिहरुको विवरण टाँस गर्न भनेको छ । 


सो कार्यहरु नगरेको पाइएमा महनगरपालिकाले नियमानुसार कारवाही गर्ने चेतावनी दिएको छ । 


स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीका लागि दश प्रतिशत सिट छट्टाई निःशुल्क उपचार गर्नु पर्ने अनिवार्य व्यवस्था रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex