८ बैशाख २०८१, शनिबार
Header

असन लगियो जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) ! (फोटो फिचर)


प्रकाशित: शनिवार, २६ चैत्र २०७८, २१ः०० बजे
- अजय खड्गी

काठमाडौं । जमल तिनधारा पाठशालाबाट जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) रथ तानेर असन लगिएको छ । 


आज राती राष्ट्रपतिले मच्छिन्द्रनाथको दर्शन गरेपछि भोली बेलुका सम्म असनमै भक्तजनहरुको लागि दर्शन र पुजा अर्चनाको लागि राखिन्छ । 


बर्षा र सहकालको देवताको रुपमा पुजिने मच्छिन्द्रनाथलाई आईतवार असन, इन्द्रचोक हुँदै हनुमानढोकास्थित कालभैरवमा विराजमान गरिने छ । 


किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए ।


त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ । 


रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ ।


उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD