१ भाद्र २०८३, सोमबार
Header

असन र इन्द्रचोक क्षेत्रका मन्दिर, सम्पदामा राखिएको पसल हटाउन महानगरको २४ घण्टे अल्मिेटम


प्रकाशित: आईतवार, १९ भाद्र २०७९, १४ः५५ बज
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रका मन्दिर, सम्पदामा राखिएको पसल हटाउन २४ घण्टे अल्मिेटम दिएको छ । 


मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउन काठमाडौं वडा २५ कार्यलयले एक सुचना जारी गरेको छ । 


इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।


वडा नम्बर २५ अध्यक्ष राजेश डंगोलले असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ(दूध डेरी)मा रहेका पसलहरु हटाउन निर्देशन दिएको बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex