काठमाडौं । असन बहाःस्थित ऐतिहासिक अशोक चैत्य महाविहार अन्तर्गतको बहाः द्यःछें (मुख्य प्रवेशद्वार)को काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले उद्घाटन गरे ।
सोमवार एक कार्यक्रमविच उद्घाटन समारोहमा प्रमुख अतिथि शाह उपस्थित भई शिलापत्र अनावरण गर्दै रिबन काटेर बहाः द्यःछें उद्घाटन गरेका हुन ।
भिडियोः
काठमाडौं – २७ वडा अध्यक्ष योगेशकुमार खड्गीको विशेष आतिथ्यमा सो बहाःको उद्घाटन प्रमुख साहले गरेका थिए ।
उक्त अवसरमा अशोक चैत्य महाविहार संरक्षण समितिका अध्यक्ष महेन्द्र रत्न शाक्य, निर्माण समितिका संयोजक राजेश शाक्य लगायतको उपस्थिति रहेको थियो ।

साथै, विगतमा बहाः संरक्षणका लागि विशेष योगदान पुराएका थकालि आजु द्रव्यरत्न शाक्यलाई सम्मान पनि गरिएको थियो ।
समारोहमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, बौद्धविद प्रा.डा. नरेशमान बज्राचार्य, सम्पदा विभाग प्रमुख कुमारी राई, शाक्य महाविहार संघका अध्यक्ष शुभकाजी शाक्य, महासचिव संघरत्न शाक्यलगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो ।

बौद्धविद प्रा.डा. नरेशमान बज्राचार्यले बहाःको सांस्कृतिक र ऐतिहासिक महत्वमाथि प्रकाश परेका थिए भने महानगर प्रवक्ता नवीन मानन्धरले पुनःनिर्माण प्रक्रिया सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण निर्माण समिति तथा समुदायलाई धन्यवाद ज्ञापन गरे ।
अन्त्यमा, शाक्य महाविहार संघको तर्फबाट प्रमुख बालेन शाहलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो ।



तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in वडा