८ बैशाख २०८१, शनिबार
Header

असन, टेकु, लगन र खुसिँबुमा डेंगु देखियो 


प्रकाशित: मंगलवार, २४ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको भित्री सहर असन, टेकु, लगन र खुसिँबुमा डेंगुको प्रकोप बढ्दो देखिएको छ । 


डेंगुको प्रकोप बढेपछि यतिखेर शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पतालमा रगत परिक्षण गर्नेको भिड देखिएको छ । 


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार काठमाडौंको भित्री सहरका डेंगुको संक्रमण बढ्दो रुपमा देखिएको बताएको छ ।


यस अघि लगनटोलमा एक ८२ बर्षिय बृद्धा तीर्थ कुमार तुलाधरको डेंगु संक्रमणबाट मृत्यु भएको छ भने उनका छोरा र बुहारी संक्रमित छ । 


डेंगु संक्रमण बढेपछि उपत्यकाका विभन्न क्षेत्रमा सेचतना ¥यालीहरुको निकालिएको छ । 


मंगलावार १२ वडामा महानगरपालिका विद्यासुन्दर शाक्य सहभागीको एक टोलीले सचेतना र्यालीको आयोजना गरेको थियो । 


त्यसैगरी २७ वडा, १७ वडामा स्थानीय बासिन्दाले ¥याली निकालेका छन । 


अस्पतालका अनुसार आईतबार ३६३ रगत परिक्षणमा १९४ डेंगु संक्रमण देखिएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD