२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

असन घडीघरबारे छापिएको समाचारको सजिब बज्राचार्यद्धारा खण्डन


प्रकाशित: शनिवार, १८ फागुन २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । असनको ऐतिहासिक सम्पदा बोकेको कोथुननी (असन घडी)बारे छाफिएको सामाचारप्रति घडीघरका सजिब बज्राचार्यले एक बक्तव्य जारी खण्डन गरेको छ । 


एक राष्ट्रिय दैनिक पत्रिकामा गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले कोथुननीबारे उल्लेख गरिएको विषयलाई लिएर बज्राचार्यले आपत्ती जनाउँदै समाचारको खण्डन गरेको हो । 


बज्राचार्यले जारी गरेको वक्तब्यमा भनिएको छ ,‘ हनुमानढोका दरवार र धादिङको ज्यामरुङमा रहेको वायु देवताको पुजा गर्ने गरी आयस्ता स्वरुप यो घर निर्माण भएको भन्ने थपलियाको अभिव्यक्ति सरासर गलत हो किन भने यस घरको भुईतल्लाम अवस्थित ५०० बर्षभन्दा पुरानो अमिताभ बुद्धको मुर्ति मौजुद छ । जुन मुर्तिको हरेक बर्षको पञ्चयानको दिनमा पुजा गरी बज्राचार्य, शाक्यहरुलाई पञ्चदान दिने हुँदै गुठियारहरुको निजी गुठी सञ्चालन गर्दै आईरहेका छन । यस कारण यो घर नेवारहरुको हो भनी प्रष्ट बुझिन्छ । हिन्दुको गुठीमा शाक्य मुनि भगवान बुद्धको गुठी कुनै हालतमा हुँदैन ।’ भनी थपलियाको अभिव्यक्तिको खण्डन गरेको छ । 


त्यसैगरी बज्राचार्यले गुठी संस्थनको गुठी चलाउन धर्म लोप नहुन भनेर परापुर्वकालदेखि १४ परिवारका सन्तन दर सन्तानहरुले संस्थानलाई नियमित बाहाल बुझाउँदै र नविकरण गर्दै आईरहेकोमा गुठी संस्थानले आफ्नो मनमानी गरी एक बहुउद्देश्यीय सहरकारीलाई विजनेस कम्पलेक्स बनाउने निर्णय गरेर ठुलो चलखेल गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । 


विनाशकारी भुकम्प २०७२ सालमा आएको भूकम्पमा पनि कुनै क्षति नभएको यस घरको विगतमा आएको १८८५ र १९९० सालमा आएको महाभुकम्पमा भत्कको घरलाई पुर्खाहरुले निर्माण गरेको आफुहरुसँग प्रमाण रहेको बज्राचार्यले विज्ञप्तीमा उल्लखे गर्दै सम्पदाको विनास गर्न खोजेको आरोप लगाएको छ । 


यस अघि कोथुननी बचाउ समिति गठन गरी स्थानीयवासी, सरोकारवाला र सम्पदा बचाउ अभियान्ताहरुले गुठी संस्थानको निर्णयको विरोध गर्दै आएको छ । 


बज्राचार्यले भने, अब गुठी संस्थानको विरुद्ध सडक संघर्षको विकल्प छैन, सरोकारबालहरुले विभिन्न असन चोकमा विभिन्न व्यानर लेखेर विरोधको सुरुवात गरेका छन ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex