काठमाडौं । असन क्वथुननी बचाउ अभियानले सांसदहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।
अभियानले भर्खरै निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुसँग क्वथुननीको बचाउको लागि गरेको संघर्षबारे सत्य –तथ्य बताउन/बुुझाउन अन्तरक्रिया गर्ने भएको हो ।
चैत्र १४ गते मंगलवार विहान ८ बजे क्वथुननी, अशोक बृक्ष विहारमा एक विशेष अन्तरक्रिया कार्यक्रम गर्ने अयिभानका एक अभियानकर्मी सजिब बज्राचार्यले जानकारी दिए ।
गुठी संस्थानले क्वथुननी (घडीघर) व्यवासायिक प्रयोजनको लागि लिजमा दिने निर्णय गरेपछि स्थानीय तथा सांस्कृति अभियान्ताहरुले कडा संघर्ष गरेका थिए ।
ऐतिहासिक, सांस्कृति, परातात्विक महत्वको क्वथुननी बचाउन अभियानकर्मीहरुले लामो संघर्ष र दवाव दिएपनि हालसम्म गुुठी संस्थानले लिजमा दिने सम्झौता भंग नगरेको भन्दै जनप्रतितिनिधिहरुलाई ध्यानाकर्षण गराउन अन्तरक्रिया गरेको बज्रजार्यको भनाई छ ।
काठमाडौं महानगरपालिका वडा २५ स्थित रहको क्वथुननी गुठी संस्थानको स्वामित्वमा रहेको छ ।
Categorized in सम्पदा/संस्कृति