२५ बैशाख २०८१, मंगलबार
Header

असन कोथुुननीको मन्त्री श्रेष्ठले गरिन निरीक्षण, न्याय पाउने आशा जाग्यो


प्रकाशित: आइतवार, १० भाद्र २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । लामो समयदेखि गुठी संस्थान र असन कोथुननी विच चलेको विवादबारे सत्यतथ्य जानकारी लिन भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठचौधरीले कोथुुननीको निरीक्षण गरेका छन । 


आईतवार विहान मन्त्री श्रेष्ठले कोथुननीका सरोकारवालाहरु तथा नेवाः अभियन्ताहरुले विभिन्न सयममा कोथुुननी बचाउन गरेका संघर्ष तथा कानुनी प्रक्रियाको एक प्रतिवेदन समेत बुुझेकी छिन ।


सो प्रतिवेदन नेवाः अभियान्ता उमेश स्थापितले पढेर मन्त्री श्रेष्ठ चौधरीलाई पढेर सुनाएका थिए । 


कोथुननीका सरोकारवाला एक जना सजिब बज्राचार्यका अनुसार असन कोथुननीमा अवस्थित वायु देवता गुठी गुथियार जनिएको गुठी संस्थानको नाममा दर्तापुर्जा रहेको साढे आठ आना जग्गामा बनेको घर छ । 


‘स्थानीय बासिन्दाले त्यस घरमा विराजमान ५०० वर्षभन्दा पुरानो अमिताभ बुद्धको प्रतिमा र अन्य पुरातात्वीक सामाग्रीहरुलाई प्रमाणको रुपमा पेश गरी अशोक बृक्ष बिहारको नाममा परिचय दिन खोजेको घरमा ६० सालको राजनीतिक अस्थिरताको फाइदा उठाइ छुट गुथियारले नीजि रैकर गुठीजग्गाको नक्कली पुर्जा बनाइ नक्शा पास गरी व्यवसायिक भवन बनाउन एकजना जग्गा दलाललाई  जिम्मा लगाएपश्चात देखि स्थानीय जनताले बिरोध गर्दै आइरहेको थियो ।’ उनले भने ।  


तर छुट गुथियारले अगाडि बढाएको अनियमित कामलाई कारवाही गर्नुको साटो ०७२ सालको भुकम्पले घर क्षति भएको बहाना बनाइ छुट गुथियारले छनोट गरेको जग्गा दलाललाई नै २५ वर्षको लागि लिज सम्झौता गरी व्यवसायिक भवन बनाउन लिज सम्झौता गरेपछि गुठी संस्थान विवादमा तानिएको हो । 


स्थानीय बासिन्दाले सम्पदा मासेर ब्यवसायिक भवन बनाउन नहुने भनी लामो समयदेखि बिरोध जनाउँदै आएपनि सुनवाइ नभइरहेको अवस्थामा मन्त्रीको फिल्ड निरिक्षण गरेपश्चात अनियमित काम गर्नेलाई कारवाही हुने आशा पलाएको बज्राचायले बताए । 

 

 


यसै विच मन्त्री श्रेष्ठ चौधरीले काठमाडौं महानगरपालिका वडा १९ स्थित स्ववासीहरुको अवस्थाबारे पनि जानकारी लिएका छन । 


काठमाडौको सभ्यताको बिकासक्रमदेखि नै बसोबास गर्दै आएका स्थानीय स्ववासीहरुले हालसम्म जग्गाधनीपुर्जा नपाएकोले विभिन्न समस्या भोग्नुका साथै राज्यबाट पाउनुपर्ने न्युनतम सुविधाबाट समेत वञ्चित हुदै आएको बारे मन्त्रीलाई पीडितहरुले बताएका थिए ।

 
सदियौ देखि बसोबास गर्दै आएको आधारमा उनीहरुलाई जग्गाधनीपुर्जा दिनुपर्ने र यसका लागि अधिकारसम्पन्न आयोग गठन गरी निवेदन दर्ता र छानबिनको काम राज्यले अगाडी बढाउनुपर्ने पनि माग गरिएको छ । 


मन्त्रीको प्रत्यक्ष भ्रमणपछि बस्तीका बासिन्दाहरुले आफ्नो समस्या हल हुनेमा आशावादी रहेको उनीहरुको भनाई छ । 


उक्त निरिक्षणमा सोही क्षेत्रका स्थानीय बासिन्दा बागमति प्रदेश सभाका सदस्य समिता खडगीको समेत उपस्थिति रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD