३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

असन कोथुननि बचाउ सघर्ष समितिद्धारा आन्दोलनको तयारी


प्रकाशित: सोमबार, १६ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । असनको कोथुननि (घडीघर) बचाउ अभियान समितिद्वारा आन्दोलनको तयारी गरेको छ । 


गुठी संस्थानले कोथुननिस्थित वायुदेवता गुठी भत्काई व्यापारिक भवन निर्माण गर्ने भएपछि समितिले सो विरुद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने समितिका सदस्य सजिब बज्राचार्यले महनगरखवरलाई बताएको छ । 


गुठी संस्थानले बैशाख १२ गते काठमाडौं महानगरपालिका वडा २७ लाई पत्र लेखि वायुदेवता गुठी भत्काउने सुचना जारी गरेको थियो ।


वायु देवता गुठीमा रहेका १४ परिवारसँग भएको वहाल÷करार सम्झौता विपरित गुठी संस्थानले एक बहुउदेश्यीय सहकारी संस्थासँग अर्को बहाल कर सम्झौता गरेपछि विवाद सुरु भएको थियो ।


ऐतिहासिक महत्वको सो असन घडी घर कुनै हालतमा पनि व्यापारिक भवन निर्माण गर्न नदिने पक्षमा स्थानीयवासी, सम्पदाप्रेमी र सरोकारवालाहरु देखिएका छन । 


परापूर्वकालदेखि नै वायुदेवता गुठीको मर्मत, सम्महार तथा रेखदेख गर्दै आएको उनीहरुले गुठी संस्थानसँग पुरानै संरचनामा भवन पुननिर्माण गर्ने माग गरेपनि गुठी संस्थानले अस्वीकार गर्दै आएको छ । 


बज्रचार्यका अनुसार मंगलबार समितिको एक बृहत छलफल पछि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex