३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

असन कोथुननि बचाउन बैशाख २७ गते बृहत जनप्रदर्शन


प्रकाशित: बुधवार, १७ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी संस्थानले असन कोथुननिस्थित वायु देवता गुठी भत्काई व्यापारिक कम्पलेक्स बनाउने निर्णयको विरुद्ध स्थानीयस्तरमा बृहत जनप्रदर्शन हुने भएको छ । 


असन कोथुननि बचाउ समितिका संयोजक नमस्ते सायमीले दिएको जानकारी अनुसार यही बैशाख २७ गते दिउँसो ३ बजे असन चोकमा जनदवाव स्वरुप विरोध प्रदर्शन गरिने भएको छ । 


समितिको नेतृत्वमा स्थानीयवासी, सम्पदाप्रेमी, सरोककारवाहरु लगायतले सो दिन ठुलो संख्यामा उपस्थिती भई गुठी संस्थानको निर्णय विरुद्ध अवाज बुलन्द गर्ने संयोजक सायमीले बताए । 


गुठी संस्थानले वायुदेवता गुठी संस्थानको रेखदेख, मर्मत सम्माहार गरी पुरापूर्व कालदेखि पसल÷कवल सञ्चालन गर्दै आएका १४ परिवासँग भएको बहाल करार सम्झौता विपरित एक बहुउदेश्यीय संस्था सँग अर्को बहाल सम्झौता गरी व्यापरिक कम्पलेक्स बनाउने निर्णय गरेपछि सराकोरवाला, स्थानीयहरुले कोथुननि बचाउ समिति गठन गरेका थिए । 


समितिले संस्थानलाई वायुदेवता गुठीलाई व्यापारिक कम्पलेक्स बनाउन दिन नहुने भन्दै पटक– पटक अनुरोध गरेपनि संस्थानले सो निर्णयलाई यथावतै राखी वायुदेवता गुठी भत्काउने सुचना जारी गरेपछि समिति कडा संघर्षमा उत्रनु परेको संयोजक सायमीको भनाई छ ।  


सायमीले बृहत प्रदर्शन लगत्तै जेठको पहिलो हप्ता अन्तरक्रिया समेत गरिने जानकारी दिए । 


बैशाख २७ गते हुने प्रदर्शनीमा विभिन्न पराम्पागत गुठीका प्रतिनिधिहरु, जनप्रतिनिधि, संघ, संस्था, सम्पदा बचाउन अयिभानकर्ता, स्थानीयवासी लगायतको उपस्थिती हुने कुरा सायमीले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex