२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

असन कमलाक्षीमा पिलातुं त्वाः दाफा खलको गुठी घर शिलान्यास


प्रकाशित: शनिवार, १५ माघ २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा २७ बेखालाछी मार्गमा असन कमलाक्षी पिलातुं त्वाः दाफा खलको गुठी घर शिलान्यास गरेका छन । 


भवन निर्माणको लागि काठमाडौं महानगरले १ करोड रकम विनियोजन गरेको छ । आगामी पुस मसान्तसम्म यो भवन निर्माण गरिसक्नु पर्ने महानगरपालिकाले जनाएको छ । 


सो अवसरमा प्रमुख शाक्यले भने ‘सम्पदा बचाउन महानगरले राज्यकातर्फबाट पैसा दिएका छौँ । यो खर्च होइन । लगानी हो । किनभने यी सम्पदालाई पर्यटन जोडेपछि पैसा फिर्ता आउन थाल्छ । हामीले सम्पदालाई पर्यटनसँग जोडेर व्यापारमार्फत स्थानीयबासीको आय बढाउन लगानी गरेका हौँ ।’ 


त्यसैगरी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले महानगरले भाषा, लिपी, संस्कार र संस्कृतिको निरन्तरतामा काम गरिरहेको बताउँदै आफूहरुले थालेको काम पछि आउने जनप्रतिनिधिहरुले पनि नियमित गर्ने कुरामा विश्स्त रहेको उनले बताईन । 


कार्यक्रममा २७ वडा चिनियाँमान बज्राचार्य,  वडा अध्यक्ष न्हुन्छेकाजी महर्जनसहित जनप्रतिनिधि र गुठीयारहरुको उपस्थिती रहेको थियो । 


उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण महर्जनले महानगरको सहयोगले भवन निर्माण हुने भएकोमा महानगरको प्रशंसा गरेका थिए ।

 

तस्वीरः चन्द्रमणी भट्टराई

asteriskhubs
Home Page Bottom Second


maharjan complex