८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

असन–भोटाहिटीमा कृष्ण जन्माष्टमी अवसरमा ऐतिहासिक चित्र प्रदर्शनी


प्रकाशित: शनिवार, ३१ साउन २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । असन–भोटाहिटी समाजले आज पावन श्रीकृष्ण जन्माष्टमीको अवसरमा भगवान् श्रीकृष्णको सम्पूर्ण जीवन घटनालाई चित्रमार्फत् प्रस्तुत गरेको छ ।


भोटाहिटीमा आयोजित यस ऐतिहासिक प्रदर्शनी क्यानभासमा आधारित रहेको समाजले जनाएको छ ।


समाजका अनुसार यो कार्यक्रम करिब १०० वर्षदेखि निरन्तर रुपमा भोटाहिटीमा हुँदै आएको ऐतिहासिक एवं सांस्कृतिक परम्परा हो ।

 


प्रदर्शनीको सफलताका लागि इच्छुक महानुभावहरुले दान–दक्षिणा, स्वेच्छिक वा आर्थिक सहयोग (पुष्प, प्रसाद, खाद्यान्न आदि) प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।


भाद्र कृष्ण अष्टमीका दिन मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा द्वापरयुगमा श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ । यही कारणले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनेर चिनिन्छ ।

 


यस दिन भक्तजनले कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तनमा सहभागी हुने, व्रत बस्ने र रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका दाताका रूपमा पूजिने भगवान् श्रीकृष्णले अन्याय र अत्याचार विरुद्ध सत्य र धर्मको पक्षमा उभिन प्रेरणा दिएका थिए ।


आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ । विशेषगरी पाटन मङ्गलबजारस्थित ऐतिहासिक कृष्ण मन्दिरमा भक्तजनहरूको ठूलो भीड देखिएको छ, जहाँ बिहानदेखि नै पूजा–आराधना, भजनकीर्तन र धार्मिक कार्यक्रम जारी छन ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex