१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

असन–कमलाक्षी प्रेवशद्धारमा सिंह मूर्तिको उद्घाटन


प्रकाशित: आइतवार, २२ असार २०८२, १२ः०५ बजे
- महानगरखबर

काठमाडौँ  । काठमाडौँ महानगरपालिका वडा नं. २७ को अगुवाइमा कमलाक्षी मूल सडक प्रवेशद्वारमा प्रतिस्थापित ढुङ्गाको सिंह मूर्तिको समुद्घाटन गरिएको छ । 


काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहा (बालेन)ले शनिवार एक कार्यक्रमविच सिंहको मुर्तिको उद्घाटन गरेका हुन । 


यस अवसरमा महानगर प्रमुख  बालेनले भोटाहिटी फल्चा, असन क्षेत्र, नारायण मन्दिर, गणेश मन्दिर, इताचपा, लगायतका संरचनाको निरीक्षण गर्दै, ढुङ्गा छाप्ने कार्यको प्रगतिको वडा अध्यक्ष योगेश कुमार खड्गीसँगै अवलोकन गरे । 


कार्यक्रममा वडा सदस्यहरू, स्थानीय समाजसेवी, बासिन्दा तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

 
वडाले सांस्कृतिक संरक्षण र पूर्वाधार निर्माणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex