१६ चैत्र २०८०, शुक्रबार
Header

असनमा बागमती प्रदेश नामांकनविरुद्ध पहिचान पक्षधरको चर्को विरोध


प्रकाशित: शनिवार, १९ पुष २०७६, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको असनमा शनिवार दशौं नेवाः एकता दिवश भव्य रुपमा मनाईएको छ । 


एकता दिवशको भव्य सभामा वागमती प्रदेश नामकांनको पहिचान पक्षधरका नेताहरुले कडा रुपमा विरोध गरेका छन ।


नेकपाका सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हैटौडा राख्ने निर्णय गरेपछि काठमाडौंमा विरोध सुरु भएको छ । 


समाजवादी पार्टीका संसाद तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बागमती प्रदेश नामांकनको पहिचानको आधारमा हुनु पर्ने र उक्त नाम पहिचान पक्षधरहरुलाई अस्विकार्य हुने बताएका छन । 


सभामा नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष बिजय सैँजु, नेपाली कांग्रेसका नेता तीर्थराम डंगोल, नेकपाका केन्द्रिय नेता दिलिप महर्जन लगायतले पहिचानको आधारमा प्रदेशको नामाकंन हुनुपर्नेमा जोड दिएका छन । 


नेवाः देय् दबूका केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा संघीय नेवाः संघका अध्यक्ष सत्यनारायण डंगोलले स्वागत मन्तव्य दिएका थिए । 


कार्यक्रम नेवाः मुक्ति मोर्चाका सदस्य उमेश स्थापितले सञ्चालन गरेका थिए । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD