१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

असनमा पिएल सिंहको पूण्यतिथिमा दीप प्रज्वलन (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, १२ पुस २०८१, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । स्व. नेता पिएल सिंहको पूण्यतिथिको अवसरमा काठमाडौंको असनमा दीप प्रज्वलन गरिएको छ । 


शुक्रवार साँझ असन चोकस्थित अन्नपूर्ण मन्दिरको डवलीमा दीप प्रज्वलन गरेको काठमाडौं महानगरपालिका–२७ का वडा अध्यक्ष योगेश कुुमार खड्गीले बताए ।


वडा अध्यक्ष खड्गीले काठमाडौं महानगरका परिकल्पनाकार तथा महानगरको प्रथम मेयर स्व. नेता सिंहको सम्झानमा १३ दिनको पूण्यतिथिमा दीप प्रज्वल गरेको जानकारी दिए । स्व. सिंहको पुस १ गते ८८ बर्षको उमेरमा ठमेलस्थित चाक्सीबारी निवासमा निधन भएको थियो । 
 

 


कार्यक्रम नेपाली कांग्रेस काठमाडौं महानगर– २७ वडा कार्यसमिति परिवारले आयोजना गरेको थियो । 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex