२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

असनको घडी घर संकटमा परेपछि कोथुननि बचाउ अभियान समति गठन


प्रकाशित: आईतबार, १३ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । असनको ऐतिहासिक सम्पदा बोकेको घडी घर यतिखेर संकटमा देखिएको स्थानीय सजिब बज्राचार्यले बताएको छ । 


गुठी संस्थानले सो घरलाई बिजनेश कम्पलेक्स बनाउन एक बहुउद्देश्यीय सहकारी संस्थासँग करार गरेपछि सो घडी घरमा बसेका १४ परिवार लगायत सम्पदा बचाउन अभियानकर्ताहरुले ‘असन कोथननि बचाउ अभियान’ समिति गठन गरेको छ । 


सो घडी घरमा ११ वटा पसल कवल रहेका छन भने ३ परिवार सो घरमै बसोवास गर्ने गरेको सोही घरमा पसल कवल रहेका बज्राचार्यले जानकारी दिए । 


बज्रचार्यका अनुसार पुस्तौ पुस्तादेखि बस्दै आएको घरलाई गुठी संस्थानले कसैलाई थाहै नदिई वि.स. २०७४ भाद्र महिनामा सो बहुउद्देश्यी संस्थासँग २५ बर्ष लिजमा ७ लाख मासिक भाडामा करार सम्झौता गरेपछि सो विरुद्ध समति गठन गरिएको हो ।


विगतमा तालुकदारलाई सो घरको वहाल बुझाउँदै आएकोमा तालुकदार खारेज भएपछि वि.स. २०७० साल फागुन ८ गते गुठी संस्थानसँग सो घडी घरका १४ परिवार र संस्थानविच ५ बर्षमा भाडा पुनरावोलन गर्ने गरी सम्झौता भएको थियो । 


तर गुठी संस्थानले सम्झौता विपरित लिजमा दिने अर्को सहमति गरेपछि आफुहरु छक्क परेको बज्राचार्यको भनाई छ । 


बाजे, पुर्खादेखिको पालोदेखिनै यस घरमा बस्दै आएको घरपरिवारलाई विस्थापित गर्ने षडयन्त्र भएको बज्राचार्यले बताए । 


उनले भने, ‘ काठमाडौंको ऐतिहासिक सम्पदा, संस्कृतिहरु नष्ट गर्ने अभियानमा केही तत्वहरु लागेका छन ।’ आफ्ना मागहरु गुठी संस्थानलाई केही समयपछि बुझाउने तयारी गरिरहेको र संस्थानले माग सम्बोधन नगरे सडक संघर्षमा जाने बताए । 


ब्रजाचार्यका अनुसार ८ अना ३ दाममा बनेको सो घरको नक्सा एक तालुकदार भनिने लीलाविक्रम शाहले व्यक्तिगत नक्सा समेत निकालेको छ जुन तालुकदार भन्ने प्रथानै खारेज भईसकेको छ । 


यस विषयमा अदालतदेखि अख्तियार सम्ममा पनि उजुरी परेको थियो । 


अहिले सो घरमा पुष्परत्न तुलाधर, सञ्जय धौडेवाल, विरेन्द्र तुलाधर, सकुन्तला श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, सुरेश प्रजापति, ज्योती रत्न तुलाधर, त्रिरत्न मानन्धर, राजेश मानन्धर, मोहनदास राजभण्डारी, महेन्द्रलाल श्रेष्ठ, मदन प्रधान रहेका छन । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex