७ बैशाख २०८१, शुक्रबार
Header

असनको कोथुननि हस्तक्षेपविरुद्ध उर्लिए स्थानीय सडकमा


प्रकाशित: आईतबार, ८ भाद्र २०७६, २१ः४० बजे
- महानगरखवर

काठमाडौं । गुठी संस्थानले असनको कोथुननि भत्काएर व्यापारिक कम्पलेक्स बनाउने गरेको निर्णयविरुद्ध स्थानीय सडकमा उत्रेका छन ।


आईतबार स्थानीय, सम्पदा अभियान्ता, सम्पदा प्रेमीहरु गुठी संस्थानको सो निर्णयविरुद्ध नारा जुलुससहित प्रदर्शनमा उत्रेको हो ।


असन कोथुननि बचाउ अभियान समितिको नेतृत्वमा ठुलो संख्यामा असनमा भेला भई त्रिपुरेश्वरस्थित गुठी संस्थान घेराउ गरेका थिए । 


समितिका संयोजक नमस्ते साय्मिका अनुसार ज्ञापनपत्रसहित सार्वजनिक रूपमा सङ्कलन गरेका १५ हजार हस्ताक्षरको प्रति  गुठी संस्थानका प्रशासकीय अधिकृत नारायण चौधरीलाई हस्तान्तरण गरेको जानकारी दिए । 


ज्ञपान पत्रमा ऐतिहासिक सम्पदा असन कोथुननि खतरमा रहेको जनाएको छ । असन कोथुननिको श्री ५ को वायुदेवता गुठी घरलाई वज्रयोगिनी सहकारी संस्था प्रा.लि.सँगको लिज सम्झौता गर्नाले सम्पदामाथिको हस्तक्षेप भएको जनाएको छ ।  


सूचनाको हक प्रयोग गरी गुठी संस्थानका मातहतमा रहेका गुठी जग्गाको अवस्था र प्रयोगबारे गत साउन ५ मा मागिएको जानकारी यथाशीघ्र उपलब्ध गराउन पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


यस अघि असन कोथुननिका लागि विभिन्न विरोध सभाहरु गरिएपनि संस्थान घेराउको कार्यक्रम भने पहिलो चोटी भएको सायमीले बताएका छन । 


सायमीले आफूहरुको माग यथासिघ्र पुरा गर्न गुठी संस्थानलाई आग्रह समेत गरेको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD