काठमाडौं । असनको ऐहितहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पल भत्काएको ९ बर्षपछि काठमाडौँ महानगरपालिका– २७ वडाले पुननिर्माणको काम अघि बढाएको वडा अध्यक्ष योगेशकुमार खड्गीले बताएका छन ।
विसं १९९० को भूकम्पले समेत प्रभाव नपारेको यो सम्पदा २०७२ मा भत्केको थियो ।
वडा अध्यक्ष योगेशकुमार खड्गीका अनुसार दुई करोड ४९ लाख ३७ हजार ५७२ रुपियाँ २५ पैसामा पुनःनिर्माण थालिएको हो र तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ ।
यस सम्पदामा विगतमा ल्हासाबाट सामान ल्याउने व्यापारीहरु आफ्नो घर फर्किनु अघि १० दिनसम्म क्वाराइन्टाइनको रुपमा वस्ने गरको इतिहासर रहेको वडा अध्यक्ष खड्गीले उल्लेख गरेका छन ।
दुई तले यस सम्पदा पुननिर्माण कार्यमा सहर्ष स्वीकार गरी सहयोग गर्न हुने भवनमा रहेको गुठी, व्यपारी, संघ संस्थाहरुलाई हार्दिक आभार समेत उनले प्रकट गरेका छन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति