२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

असनको ऐतिहासिक सम्पदा बोकेको ‘घडी घर बचाउन’ सडक संघर्ष गर्ने  


प्रकाशित: सोमबार, ६ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । असनको ऐतिहासिक सम्पदा बोकेको ‘घडी घर’ बचाउन स्थानीयवासी तथा सरोकारवालाहरुले सडक संघर्ष गर्ने भएको छ । 


‘घडी घर’ बचाउ अभियान अन्तर्गत गठित ‘असन कोथननि बचाउ अभियान’ समितिको गत शनिवार बसेको बैठकले गुठी संस्थानविरुद्ध कानुनी लडाईसँगै सडक सघर्ष गर्ने निर्णय गरेको छ । 


असनको सम्पदा बोकेको सो घरलाई गुठी संस्थानले बिजनेश कम्पलेक्स बनाउन एक बहुउद्देश्यीय सहकारी संस्थासँग करार गरेपछि असनका स्थानीयवासी र सम्पदा बचाउन अयिभानकर्ताहरुले यसको कडा विरोध गर्दै आएको छ । 


गुठी संस्थानले आफ्नो निर्णयलाई नसच्चाए स्थानीयवासी र सरोकारवालाहरु सडक संघर्षमा जानुको विकल्प नभएको स्थानीय सजिव बजाचार्यले बताए । 


कोथननि चोकमा रहेको सो घडी घरमा पुस्तौ पुस्तादेखि १४ परिववार बस्दै आएको छ जसमा ३ परिवार घरमै बस्ने गरेका छन भने ११ वटा परिवारको भने पसल कवल रहेको छ । 


सो घरमा पसल कवल समेत रहेका बज्राचार्यले माघ २१ गते गुठी संस्थानमा गएर करार सम्झौता र भाडा पुनरावलोकन सहित घर पुननिर्माण आफूहरुले गर्ने भनि दिएको निवेदनमा गठी संस्थानले कुनै प्रक्रिया अघि नबढाएपछि संघर्षमा जानु बाहेक अन्य विकल्प नभएको बताए । 


गुठी संस्थान र घडी घरका १४ परिवारविच वि.स. २०७० साल फागुन ८ गते ५ बर्षका लागि भाडा पुनरावोलन गर्ने गरी सम्झौता भएको थियो । 


बज्राचार्यका अनुसार पुरानै संरचनामा १४ परिवारले घर पुननिर्माण गर्ने विषयको पत्र गुठी संस्थानलाई पेश गरेको छ । 


हाम्रा पुर्खादेखि हामी सन्तान दरसन्तानले सो घरको संरक्षण गर्दै आईरहेको र विगतमा पनि यसको मर्मत सम्माहरु गर्दै आई बसेकोले घरको पुननिर्माण पनि आफुहरुले गर्न पाउनु पर्ने बज्राचार्यको भनाई छ । 


तर गुठी संस्थानले हामी कसैलाई थाहै नदिई वि.स. २०७४ भाद्र महिनामा सो बहुउद्देश्यी संस्थासँग २५ बर्ष लिजमा ७ लाख मासिक भाडामा करार सम्झौता गरेपछि सो विरुद्ध समति गठन गरेको उनले बताए । 


बज्राचार्यले भने, सडक सघर्षबाट पव्लिक प्रेसर नदिईकने यहाँ केही हुनेबाला छैन । त्यसैले गुठी संस्थानले हाम्रो समस्या सम्बोधन नगरे आन्दोलन अन्तिम विकल्प हो ।’


उनले भने, ऐतिहासिक सम्पदा बोकेको ठमेलको पोखरीलाई मिचेर छायाँदेवी कम्पलेक्सविरुद्ध अहिले स्थानीयहरुले आन्दोलन चलाईरहेका छन, यस्ता थुप्रै मुद्दाहरुसँगै असनको घडी घर पनि परिको छ ।’


बाजे, पुर्खादेखिको पालोदेखिनै यस घरमा बस्दै आएको घरपरिवारलाई विस्थापित गर्ने षडयन्त्र भएको बज्राचार्यले बताए । 


उनले भने, ‘ काठमाडौंको ऐतिहासिक सम्पदा, संस्कृतिहरु नष्ट गर्ने अभियानमा केही तत्वहरु लागेका छन ।’ 


ब्रजाचार्यका अनुसार ८ अना ३ दाममा बनेको सो घरको नक्सा एक तालुकदार भनिने लीलाविक्रम शाहले व्यक्तिगत नक्सा समेत निकालेको छ जुन तालुकदार भन्ने प्रथानै खारेज भईसकेको छ । 


अहिले सो घरमा पुष्परत्न तुलाधर, सञ्जय धौडेवाल, विरेन्द्र तुलाधर, सकुन्तला श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, सुरेश प्रजापति, ज्योती रत्न तुलाधर, त्रिरत्न मानन्धर, राजेश मानन्धर, मोहनदास राजभण्डारी, महेन्द्रलाल श्रेष्ठ, मदन प्रधान र कुमार श्रेष्ठ रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex